मटन बार्बिक्यु

सामग्री :

हाड नभएको खसीको मासु - आधा किलो

बार्बिक्यु सस - १०० ग्राम

दही - अलिकति

अदुवा र लसुनको लेदो - २० ग्राम

कागती - एउटा

मरीचको धूलो - ५ ग्राम

नुन - स्वादअनुसार

गार्निसका लागि

सलाद पत्ता, काँक्रो, मुला तथा गाजर

विधि :

- खसीको मासुलाई आवश्यक आकारमा काटेर अदुवा र लसुनको लेदो, नुन, मरिचको धुलो तथा कागतीको रसका साथ मोल्ने ।

- त्यसमा थोरै दही र बार्बिक्यु सस हालेर फेरि मोल्ने ।

- मोलिसकेपछि कम्तिमा आधा र बढिमा एक घण्टा छोपेर राख्ने ।

- तन्दुर, कोइला बाल्ने चुलो वा बार्बिक्यु मेसिन तयार पार्ने । त्यसमा कोइला वा बि्रकेट बाल्ने ।

- मोलेको मासुलाई एक-एक गरी झिरमा उन्ने र २० मिनेटदेखि आधा घण्टासम्म पोल्ने ।

- पाकेपछि सलाद तथा चटनीसँग खाने ।

यो विधिबाट ह्याकुला, कलेजो, कान तथा टाउकाको मासु पनि बार्बिक्यु गर्न सकिन्छ । रांगा तथा बंगुरको मासु पनि यही विधिबाट बार्बिक्यु गरिन्छ ।